सामाजिक फीड,
काठमाडौँ, २१ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।
संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।
यसअघि यहि चैत्र १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।