Samajik Feed – News Portal from Nepal

दाङ, २१ चैत्र । दाङमा दुई वटा बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन् । बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको लु.१ ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा. १ ख २५८१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर रूपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन् ।

उनीहरूलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । लमही नगरपालिका– ३ वनगाउँमा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *