बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए । उनले महोत्तरी जिल्लाको समग्र […]
सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक जनाको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, १७ चैत । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ। सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिकको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। samajik_feedsamajikfeed.com
निजगढमा भएको विष्फोटन घटनाका सबै आरोपी रिहा

सामाजिक फीड, बारा, १७ चैत । केही दिनअघि बाराको निजगढमा तीन जनाको ज्यान जाने गरी भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराले बम विष्फोटमा दोषी भनिएका निजगढ–९ का कबाडी पसले निजगढ–९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना. ५ ख ९७२७ का ट्रक चालक […]
आयरल्यान्डसँग नेपाल ‘ए’ पराजित

सामाजिक फीड, काठमाडाैँ, १६ चैत्र । नेपाल ए र आयरल्यान्डबीचको टी–२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ए पराजित भएको छ। टीयू क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित भएको हो । लोकेश बम र आरिफ शेखले उत्कृष्ट पारी खेल्दै नेपाललाई जितनजिक पुर्याए पनि अन्तिमका ६ खेलाडीको ब्याट नचल्दा नेपाल पराजित भएको […]
गाजामा भइरहेको आक्रमण रोक्न काठमाडौंमा स्वास्थ्यकर्मीको प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । गाजामाथि भइरहेको आक्रमण रोक्न काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार स्वास्थ्यकर्मीहरुले आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरू संस्थाको अगुवाइमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले विरोध जनाएका छन्। युद्धमा कुनै पक्ष नलिएर घाइतेको उपचारमा खटिएका चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि ज्ञापनपत्र […]
विदेश पठाइदिने भन्दै एक करोड ठगी गर्ने चार जना पक्राउ

सामाजिक फीड, काठमाडाैँ, १६ चैत्र । यूरोपेली मुलुक र जापान पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूपेशकुमार ठाकुर र कृष्णबहादुर राई, बाजुराका पर्वराज पाण्डे र ललितपुरका जीवन तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ परेकामध्ये राई […]
केहि समयपछि कांग्रेस सरकारमा जाने गगन थापाको दाबी

सामाजिक फीडकाठमाडौंँ, चैत्र १६ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयपछि फेरी कांग्रेस सरकारमा जाने दाबी गरेका छन् । कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पच्छाइहाल्ने बताए । उनले आफू निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन […]
एसईई सम्बन्धमा जारी ‘अनुगमन अनुमतिपत्र’ रद्द

सामाजिक फीड, काठमाडाैँ, १६ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरेका अनुगमन अनुमतिपत्र रद्द गरेको छ । अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिहरू बाहेकका व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रमा जान थालेपछि बोर्ड अनुगमन अनुमतिपत्र नै रद्द गरिदिएको हो । अन्य व्यक्ति परीक्षा केन्द्रहरूमा गएपछि परीक्षार्थीको लेखन कार्यमा असुविधा भएको गुनासो आएकोले यो […]
जनकपुरधाममा आजदेखि दोश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । जनकपुरधाममा आजदेखि दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको रजौल स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु भएको हो । पहिलो खेलमा धनुषाले टस जितेर ब्याटिङ गरिरहेको छ भने सर्लाही फिल्डीङ्ग गरिरहेको छ । उपमहानगरको आयोजनामा सुरु भएको प्रतियोगितामा मधेस […]
सुनको मुल्य फेरी बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । नेपाली बजारमा सुनको मुल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । महासङ्घका अनुसा छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख […]