सामाजिक फीड,
काठमाडाैँ, १६ चैत्र । नेपाल ए र आयरल्यान्डबीचको टी–२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ए पराजित भएको छ। टीयू क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित भएको हो ।
लोकेश बम र आरिफ शेखले उत्कृष्ट पारी खेल्दै नेपाललाई जितनजिक पुर्याए पनि अन्तिमका ६ खेलाडीको ब्याट नचल्दा नेपाल पराजित भएको हो । अन्तिम ६ जना खेलाडीले ६ रन मात्र बनाएका थिए । किरन ठगुन्ना २, बासिर अहमद ३ र सागर ढकाल १ रन बनाउँदा रासिद खान, कम ऐरी र हेमन्त धामी शून्य रनमै आउट भए ।
त्यसअघि लोकेश र आरिफले ४६ बलमा १२१ रनको उत्कृष्ट पारी खेलेका थिए। लोकेश बम शतकसहित १०६ रनमा आउट भएका थिए । आरिफ भने ४९ रनमा आउट भए । त्यस्तै कप्तान विनोद भण्डारीले १६ र अर्जुन घर्तीले ३ रन बनाउँदा देव खनाल शून्य रनमै आउट भएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड एले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। आयरल्यान्डका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए ।