Samajik Feed – News Portal from Nepal

संविधान परिमार्जनमा सुझाव दिन रास्वपाले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदार र संविधानविद्हरूसँग […]

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। कमजोर ‘भिजीबिलिटी’ (दृश्यता) का कारण काठमाडौँ बाहिरका धेरैजसो विमानस्थलमा बिहानको उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान भइरहे पनि अन्य स्थानका विमानस्थलमा नियमित उडान हुन सकेन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा, […]

डेटिङ एपको दुरुपयोग गर्दै ७०० युवतीलाई ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम भारतको दिल्लीमा २३ वर्षीय तुषारसिंह विष्टले डेटिङ एप र सामाजिक सञ्जालको दुरुपयोग गर्दै करिब ७०० युवतीलाई ब्ल्याकमेल गरेको खुलासा भएको छ। दिल्ली पुलिसको साइबर सेलले उनलाई पूर्वी दिल्लीको शकरपुरबाट पक्राउ गरेको छ। ब्ल्याकमेल गर्ने तरिका तुषारले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर प्रयोग गरी स्न्यापच्याट, ह्वाट्सएप, र डेटिङ एप बम्बलमा नक्कली […]

जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई पुनः सशक्त बनाउन रामायण काँन्क्लेव आयोजना

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि जनकपुरमा दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिएको छ। यो काँन्क्लेव हिन्दुधर्मग्रन्थ रामायणका आधारमा त्रेता युगका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताको विवाहसम्बन्धको ऐतिहासिक अर्थलाई पुनः जीवित बनाउनका लागि आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन जनकी मन्दिरका उत्तराधिकारी महन्थ […]

नेपाली विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । काठमाडौं विश्वविद्यालयका विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अमेरिकामा आयोजना हुने १८औं वार्षिक अन्तर्राष्ट्रिय रकेट इन्जिनियरिङ प्रतियोगिता (आईआरईसी २०२५) मा सहभागी हुने भएको छ। सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा विश्वभरका १५० भन्दा बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलो पटक सहभागी […]

मुग्लिङ–नागढुंगा सडक दैनिक तीन घण्टा बन्द: पुस १३ गतेसम्म कटान र सुधार कार्य

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । मुग्लिङ–नागढुंगा सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नति र घुम्ती सुधारसहितका कटान कार्य गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिङ सडक आयोजनाले जनाएको छ। आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग प्रयोग गर्ने सवारीचालकलाई लेन अनुशासन पालना गर्न आग्रह गरेको […]

जलेश्वर कारागारका कैदीको हृदयघातबाट मृत्यु

Mahottari-Jaleshwar-Karagar

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निसाज सुनुवारको आइतबार बिहान ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, सुनुवारलाई लागूऔषध ब्राउनसुगर मुद्दामा ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। आइतबार बिहान ८ बजे असहज महसुस भएपछि उनलाई […]

बाजुराको ५.२ रेक्टर स्केलको भूकम्प: ८ घर पूर्ण क्षति, १२३ परिवार जोखिममा

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पले आठ घर पूर्ण रूपमा भत्काएको छ भने केही घर आंशिक रूपमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रारम्भिक तथ्यांकअनुसार बुढीनन्दा नगरपालिका–२ की कल्पना बुढाको दुईतले घर, वडा नं. ४ मा जनक बोहराको घर, र वडा नं. […]

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले ४५० पृष्ठ लामो आरोपपत्रसहित प्रमाणहरू अदालतमा पेश गरिएको जानकारी दिएकी छिन्। जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले आरोपपत्र अध्ययन गर्ने प्रक्रिया जारी रहेको बताए। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित […]

डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा लगानीका लागि आह्वान

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले […]