सामाजिक फीड-
माघ ३ गते – जनकपुरधाम
जनकपुर उपमहानगरपालिका-३ निवासी अशोक कुमार मोहनकारकी २० वर्षीय छोरी खुशवु कुमारी मोहनकार बेपत्ता भएकी छिन्। मिति २०८१ माघ २ गते बिहानको समयमा कोही कसैलाई केही नभनी घरबाट निस्किएकी खुशवु हालसम्म घर फर्केकी छैनन् र सम्पर्कविहीन अवस्थामा रहेकी छन्।
युवतीको खोजीका लागि आफन्तहरूले प्रयास गर्दा पनि फेला नपरेपछि उनका बुबा अशोकले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका छन्। निवेदनसँगै हुलियासहितको विवरण उपलब्ध गराउँदै खोजतलासमा सहयोग गरिदिन सबैलाई अपिल गरिएको छ।
युवतीको हुलिया:
- वर्ण: गहुँगोरो
- उचाइ: ४ फिट १० इन्च
- लुगा: गुलाबी रङको स्विटर र निलो जिन्स
जिल्ला प्रहरी कार्यालय धनुषाले युवतीको खोजतलासका लागि सहयोग गर्न आग्रह गरेको छ। यदि कसैले उनलाई देख्नुभएको वा भेट्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा प्रहरी नियन्त्रण कक्ष (१०० / ९८५४०२६०९० / ९८५४०९०४१९) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रहरीले यस घटनाबारे सामाजिक सञ्जालमा समेत पोस्ट गरी खोजतलास अभियानलाई प्रभावकारी बनाउन सबैमा सहयोगको अपिल गरेको छ।