मधेश प्रदेशभरि दुई दिन सार्वजनिक बिदा घोषणा

सामाजिक फीड-१९ गते जनकपुरधाम मधेश सरकारले विवाहपँचमी र गढीमाई मेलाको अवसरमा प्रदेशभरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपँचमीको अवसरमा मधेश सरकारले शुक्रबार (मंसिर २१ गते) बिदा घोषणा गरेको छ। यस वर्ष गढीमाई मेलाको पाँचवर्षीय अवसरमा समेत बिदा थप्दै आइतबार (मंसिर २३ गते) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। […]
जानकी मन्दिरमा १०८ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-१९ गते जनकपुरधाम सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ। शोभायात्रापछि उक्त चुनरी माता जानकीलाई समर्पण गरिएको हो। भारतको सुरतस्थित जीन माता ट्रस्टले पठाएको चुनरी जानकी मन्दिरमा चढाइएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए। उनका अनुसार जीन माता ट्रस्टले यसअघि ४७५ मन्दिरमा यस्तै लामो ध्वज […]
माओवादी केन्द्रको उपनिर्वाचनमा उत्साहजनक सफलता: अध्यक्ष प्रचण्ड

सामाजिक फीड-१८ गते जनकपुरधाम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन्। निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीले सन्तोषजनक नतिजा हासिल गरेको उनले बताएका छन्। आज जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पका रूपमा लिएको […]
बाराका १६ वटै पालिकामा गढीमाई मेलाको अवसरमा सार्वजनिक बिदा

सामाजिक फीड-१८ गते जनकपुरधाम मंसिर १ गतेदेखि सुरु भएको प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका १६ वटै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। पालिका प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मंसिर २१ देखि २४ गतेसम्म कार्यालय, शैक्षिक संस्था, संघ-संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने निर्णय गरेको हो। गढीमाई मेला बाराको महागढीमाई नगरपालिका, बरियारपुरमा […]
शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलनमा, क्षीरेश्वरनाथ र लक्ष्मीनियामा प्रशासन ठप्प

सामाजिक फीड-१८ गते जनकपुरधाम धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु महिनौदेखिको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाको नगरसभा हुन नसक्दा कर्मचारी, शिक्षक, र स्वास्थ्यकर्मीले तलब पाउन नसकेको बताइएको छ। तलब नपाएपछि शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पाँच महिनाको तलब बक्यौताशिक्षक जितेन्द्र यादवका अनुसार, साउन महिनादेखि करिब पाँच महिनासम्मको तलब नपाएको कारण उनीहरु […]
नेपाल-चीनबीच ९ समझदारी पत्रमा हस्ताक्षर

सामाजिक फीड-१८ गते जनकपुरधाम नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी […]
सीताराम विवाहपञ्चमी र बाराको गढी माई मेलाका लागि विशेष सुरक्षा बैठक सम्पन्न

सामाजिक फीड-१८ गते जनकपुरधाम मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ। सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ। पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप […]
सिरहामा मदिरा तस्करद्वारा सशस्त्र प्रहरी निरीक्षकको हत्या, दुई पक्राउ

सामाजिक फीड-१८ गते जनकपुरधाम सिरहामा मदिरा तस्करद्वारा गाडीले ठक्कर दिई हत्या गरिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान सिरहा प्रहरीको नियन्त्रणमा परेका दुई व्यक्तिमाथि आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार घटनामा संलग्न गाडी र व्यक्तिहरूको पहिचान गर्ने काम […]
सन् २०२४ मा ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग हुँदै १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशतले वृद्धि भए पनि सन् २०१९ को महामारीपूर्वको स्तरमा भने पुग्न सकेको छैन। लक्ष्य प्राप्तिमा चुनौती सन् २०२४ मा १३ […]
सिरहाको मिर्चैयामा खाल्डोमा डुबेर महिलाको मृत्यु, स्थानीयको आक्रोश
सामाजिक फीड-१६ गते जनकपुरधाम सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीया रोजिनादेवी महतो आइतबार बिहान पौने ९ बजे उक्त खाल्डोमा चिप्लिएर खसेपछि मृत्यु भएको हो। स्थानीयका अनुसार, रोजिनादेवी हातेकलमा पानी लिएर फर्किने क्रममा खाल्डोमा खसेकी थिइन्। पानीमा डुबिरहेको देखेपछि उनलाई मिर्चैया […]