नेपाल आयल निगमले पेट्रोल महँग्यायो, डिजेल र मट्टीतेल सस्तो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेकाे हाे भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा […]
गृहमन्त्री लेखक: संविधान संशोधन समावेशिता र संघीय लोकतन्त्र सुदृढ गर्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई […]
राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

सामाजिक फीड-२८ गते जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको […]
नगराइन, लक्ष्मीनिया र क्षीरेश्वरनाथ पालिकामा सहमति, कामकाज अघि बढ्ने

सामाजिक फीड-२८ गते जनकपुरधाम धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो। बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका […]
मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड पाँच दिन बन्द हुने

सामाजिक फीड-२८ गते जनकपुरधाम मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति कार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यातायात व्यवसायी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले […]
नेपाल आईपुगे वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा

सामाजिक फीड-२८ गते जनकपुरधाम स्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्। लारालाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए। लाराले साथमा आफ्नी छोरी सेड्नी लारा पनि ल्याएका छन्। ट्रिनिडाडमा जन्मिएका ५५ […]
जनकपुरको पुस्तकालयको दयनीय अवस्था, स्थानीय सरकारको चासोको कमी

सामाजिक फीड-२५ गते जनकपुरधाम धर्म र संस्कृतिका केन्द्रको रूपमा प्रसिद्ध जनकपुर, जहाँ बुद्धिजीवीहरूको संख्या निकै ठूलो छ, यहाँको सार्वजनिक पुस्तकालयको अस्तित्व संकटमा परेको छ। २०१२ सालमा गंगासागर पोखरीको डिलमा स्थापना भएको यो पुस्तकालय आज पनि सुविधा र संरचनामा निकै कमजोर अवस्थामा छ। पुस्तकालयको अवस्थाले यहाँका स्थानीयलाई अध्ययन र ज्ञानको थलोमा पुग्न गाह्रो बनाएको छ। पुस्तकालयमा सुविधाको […]
धनुषामा महिला क्रिकेट छनौट प्रतियोगिता सुरु

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला, रजौल जनकपुरधाम-१४ मा प्रथम महिला क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ। यो छनौट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू चयन गर्न आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरका मेयर मनोज साहको उपस्थितिमा सम्पन्न […]
एनपीएल २०२४: लुम्बिनी लायन्सले पहिलो जित दर्ता, चितवन राइनोजलाई ३३ रनले पराजित

सामाजिक फीड-२५ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित दर्ता गर्दै चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ। लगातार चार खेलमा पराजय भोगेको लुम्बिनीले पाँचौं खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र […]
गढीमाई महामेला फर्किँदै गर्दा दुर्घटना, ८ जनाको मृत्यु, ४ घाइते

सामाजिक फीड-२५ गते जनकपुरधाम बाराको गढीमाई महामेलाबाट फर्किँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो जिप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिप अनियन्त्रित भई सडकबाट तल झरेर दाहिने साइडको रुखमा ठोक्किँदा उक्त घटना भएको हो। मृतकमध्ये सबै सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नं. ३ बंठियाटोलका रहेका […]