Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २२ गते – जनकपुरधाम

२०८१/०८२ – नेपालमा पछिल्ला पाँच महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर महिनासम्म ५९९ जना घाइते भएका छन्, र २५६ जनाको उद्धार र उपचारमा प्रहरी सहयोगी रहेको छ।

सर्वाधिक मृत्यु सर्पको टोकाइबाट भएको छ, जहाँ ७० जनाको ज्यान गएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीद्वारा उद्धार गरिएको छ। हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट ३ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् र २ जनाको उद्धार गरिएको छ।

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जनावरको आक्रमणमा परेका व्यक्तिहरूको उद्धार र उपचारका लागि १,८३५ जना प्रहरी परिचालन गरिएको जानकारी दिए। हालैका दिनहरूमा नेपालका विभिन्न स्थानहरूमा जनावरको आक्रमणले मानवीय क्षति बढाएको देखिएको छ। प्रहरी प्रशासनले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सचेत र सावधान रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *