Skip to main content

सामाजिक फीड-
पुष २३ गते – जनकपुरधाम

वीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैध रूपमा भण्डारण गरिएका ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा मंगलबार बिहान, वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर उक्त चामल बरामद गरेको हो।

प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार, बरामद चामल विभिन्न ब्राण्डका ७५ बोरा थिए, जसको बजार मूल्य २ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ। चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरीले भारतबाट तस्करी गरि ल्याइएका अन्य विभिन्न सामग्रीहरू पनि बरामद गरेको छ। २५ लाख रुपैयाँको मूल्य भएका कपडा, स्पेयर पाट्र्स, ड्राइफुड्स, र जुत्ता पनि बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए।

प्रहरीले तस्करी र अवैध कारोबारको रोकथाम गर्न जारी छानबिन कार्यमा तीव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *