नेपाली विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । काठमाडौं विश्वविद्यालयका विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अमेरिकामा आयोजना हुने १८औं वार्षिक अन्तर्राष्ट्रिय रकेट इन्जिनियरिङ प्रतियोगिता (आईआरईसी २०२५) मा सहभागी हुने भएको छ। सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा विश्वभरका १५० भन्दा बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलो पटक सहभागी […]
मुग्लिङ–नागढुंगा सडक दैनिक तीन घण्टा बन्द: पुस १३ गतेसम्म कटान र सुधार कार्य

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । मुग्लिङ–नागढुंगा सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नति र घुम्ती सुधारसहितका कटान कार्य गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिङ सडक आयोजनाले जनाएको छ। आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग प्रयोग गर्ने सवारीचालकलाई लेन अनुशासन पालना गर्न आग्रह गरेको […]
जलेश्वर कारागारका कैदीको हृदयघातबाट मृत्यु

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निसाज सुनुवारको आइतबार बिहान ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, सुनुवारलाई लागूऔषध ब्राउनसुगर मुद्दामा ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। आइतबार बिहान ८ बजे असहज महसुस भएपछि उनलाई […]
बाजुराको ५.२ रेक्टर स्केलको भूकम्प: ८ घर पूर्ण क्षति, १२३ परिवार जोखिममा

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पले आठ घर पूर्ण रूपमा भत्काएको छ भने केही घर आंशिक रूपमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रारम्भिक तथ्यांकअनुसार बुढीनन्दा नगरपालिका–२ की कल्पना बुढाको दुईतले घर, वडा नं. ४ मा जनक बोहराको घर, र वडा नं. […]
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले ४५० पृष्ठ लामो आरोपपत्रसहित प्रमाणहरू अदालतमा पेश गरिएको जानकारी दिएकी छिन्। जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले आरोपपत्र अध्ययन गर्ने प्रक्रिया जारी रहेको बताए। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित […]
डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा लगानीका लागि आह्वान

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले […]
वैदेशिक रोजगारीमा १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको हो। १४ हजारभन्दा बढी मृत्यु र ३,४४० अङ्गभङ्ग श्रमिकवैदेशिक रोजगार बोर्डको स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि […]
सप्तरीमा न्याय माग्दा महिलालाई धम्की, गाउँ छोड्न बाध्य

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा बेपत्ता प्रकरणमा न्याय माग्दा ज्यान मार्ने धम्की पाएको गुनासो गरेकी छन्। बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडित साहले घटनाका आरोपितका आफन्तबाट धम्की आउन थालेपछि आफू गाउँमा बस्न असुरक्षित भएको बताइन्। उनले सुरक्षासहित बस्ने वातावरण सिर्जना गर्न […]
धनुषामा जलेको अवस्थामा बोरा भित्र शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। […]
मन्त्रिपरिषदले निर्देशकबाट कुलमान घिसिङलाई हटाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ। स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई ऊर्जा विज्ञको रूपमा अन्यत्र सरुवा गर्ने योजना बनाएका छन्। घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाएर कुनै निकायमा विज्ञका रूपमा नियुक्त गर्ने तयारी भइरहेको छ, र त्यसमा […]