Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष
२९ गते , जनकपुरधाम

त्रिभुवन विश्वविद्यालयले जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखमा प्राध्यापक डा. बसन्त कर्णलाई नियुक्त गरेको छ । यसअघि क्याम्पस प्रमुखका लागि
५ जनाको नाउँ सर्ट लिष्टमा राखिएको थियो जसमध्ये कर्णलाई नियुक्ति गरिएको त्रिविले जनाएको छ ।
क्याम्पस प्रमुखका लागि सर्ट लिष्टमा सहप्राध्यापक डा. रञ्जनकुमार सिंह, उपप्राध्यापक रेमन्त मोरबैता, प्राध्यापक वसन्तकुमार कर्ण, उपप्रध्यापक डा. विनोदकुमार लाल कर्ण र उपप्राध्यापक डा. विपिनकुमार राय रहेका थिए। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो। यसक्रममा देशका २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *