Samajik Feed – News Portal from Nepal

जनकपुर प्रादे्शिक अस्पतालमा देशमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल अप्रेसन

समाजिक फीड- जनकपुरधाम, पुस २० गते । प्रादे्शिक अस्पताल जनकपुरमा नेपालमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजीस्ट डा. सुधिर सिंहको नेतृत्वको टोलीले करिब २ किलो ६ सय ग्रामको ट्युमर निकालेका हुन् । भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा उपचारका लागि पुगेका […]

मधेश प्रदेश : दोषी करार भएर फरार भएका चार जना प्रहरीको फन्दामा

समाजिक फीड- जनकपुरधाम, पुस २० गते । बाराबाट प्रहरीले विभिन्न मुद्दमा फरार रहेका चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरिरबन्धक, कुटपिट र लागुऔषध मुद्दामा दोषी करार भई फरार रहेका चारैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिम्रौनगढ नगरपालिका–८ कचोर्व बस्ने ५० वर्षिय रामाज्ञा प्रसाद यादब, जीतपुर सिमरा उप महानगरपालिका वडा […]

मधेश प्रदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्यो

समाजिक फीड जनकपुरधाम, पुस २० गते । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएपनि विधार्थीको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको छ। राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको […]

मधेश प्रदेश : १३ वर्षदेखि अलपत्र पुल बनाउन माग गर्दै धर्नामा बसे स्थानीय

समाजिक फीड जनकपुरधाम, पुस १९ गते । हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा अलपत्र निर्माणधीन बडहर्वा पूल अविलम्ब बनाउन माग गर्दै स्थानीयहरु दोस्रो दिन पनि धर्ना बसेका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहर सडकमा स्थानीयहरु धर्नामा बसेका हुन् । प्रदेश सांसद नागेन्द्र साहको नेतृतवमा धर्ना बसेका स्थानीयले पुल निर्माण सम्पन्न नभएसम्म धर्ना जारी राख्ने […]

मधेश प्रदेशमा २६ प्रतिशतले घट्यो मोटरसाइकल खरिद

फाएजा फहमिदा जनकपुरधाम, पुस १९ गते । मधेश प्रदेशमा सवारी खरिदमा व्यापक कमी आएको छ । यातायात व्यवस्था कार्यालय मधेश प्रदेशका अनुसार गत वर्षको तुलनामा २३.५० प्रतिशतले नयाँ सवारी दर्तामा कमी आएको हो । जसमध्ये मोटरसाइकलको नयाँ दर्ता संख्यामा २५.८८ प्रतिशतले ह्रास आएको छ । यातायात कार्यालयका अनुसार गत आर्थिक वर्षमा असार मसान्तसम्म १ लाख […]

जानकी मन्दिरले राम मन्दिरको प्राण प्रतिष्ठाको लागि पठायो भार

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरबाट बाजागाजा सहित भार ९पाहुर० पठाइएको छ ।जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा आज जनकपुरधामबाट अयोध्या भार यात्राको माध्यमले भार पठाइएको हो। जनवरी ६ तारिखका दिन अयोध्यास्थित रामजन्म भूमि तिर्थ ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छोटो महन्थ रामरोशन दास […]

महोत्तरीमा क्रूर यातना दिएर हत्या गरेको आरोपमा ‘प्यारे’ पक्राउ

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । क्रूर यातना दिएर हत्या गरि फरार भएका महोतरीको सम्सी गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको प्रहरीले जनाएको छ। उनले २०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। […]

राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

सामाजिक फीड-जनकपुरधाम, पुस १९ गते । आज जानकी मन्दिरले ११ सय कोसेली (भार) भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण प्रतिष्ठामा पठाउन लागेको छ । जनकपुरधामबाट सयौंको संख्यामा भारसहित जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ प्रस्थान गर्न लागेको हो । मिथिलाञ्चलमा छोरीको ससुरालमा घरबास भए माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा […]

रौतहटमा चक्काजाम

समाजिक फीड जनकपुरधाम, पुस १८ गते । बडहर्वा पुल निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयले रौतहटमा चक्काजाम गरेका छन् । वीरेन्द्र राजमार्ग अन्तर्गतको यमुनामाई नगरपालिका ४ स्थित गौर चन्द्र निगाहपुर सडकखण्ड स्थानीयले दिउँसो दुई बजेदेखि अबरुद्ध गरेका हुन् । १० वर्षअघि निर्माणका लागि शिलान्यास गरिएको पुल निर्माण सम्पन्न गर्न सरकारले ध्यान नदिएपछि आफुहरु आन्दोलन गर्न […]

मधेश प्रदेश : दोषी करार भएर फरार भएका तीनजना प्रहरीको फन्दामा

समाजिक फीड- जनकपुरधाम, पुस १८ गते । विभिन्न मुद्दामा दोषि करार भई फरार रहेका ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएपछि फरार रहेका तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दा, ज्यान […]