सामाजिक फीड
जनकपुरधाम , चैत्र १९ गते ।
सर्लाहीमा पौने २८ लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिबार मलंगवा ९ स्थित सडक खण्डमा कमर राजालाई शंकाको आधारमा रोकी उनले बोकी राखेको झोला खोली हेर्दा १० लाख र लक्ष्मी सनराईज बैंक लिमिटेडको ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर समेत फेला परेकोमा सोधपुछ गर्दा अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको बताएपछि उनको पसलमा कानुन बमोजिम खानतलासि गर्दा १ हजार दरको नोट १४५४ गरिु १४ लाख ५४ हजार ५ सय दरको नोट ६२२० ३ लाख ११ हजार सयको नोट १०९ थान गरि १० हजार ९ सय २०को नोट १ थान गरि १७ लाख ७५ हजार ९७० गरी २७ लाख ५, हजार ९७० रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुले जानकारी दिए ।
प्रहरीका अनुसार अन्सारीले रुपैयाँको स्रोत खुलाउन सकेका छैनन् ।