Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, चैत १२ गते ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

यस्तै मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मान गरियो।

त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *