Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र २० गते ।

पर्सामा मरेको तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।

गत पाँच महिनाको अवधिको पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्।

पशु अधिकारकर्मीले बाघको संख्यामा वृद्धि गर्ने काम भएको तर खोरमा राख्ने काम मात्र गरी यसको संरक्षणमा ध्यान नदिएका कारण बाघहरू मरेको भन्दै यसको संरक्षको माग गर्दै प्रदर्शन गरेका हुन्।

पछिल्लो केही समयमा चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी पर्सा ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको थियो । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ ।

पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।

सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ रहेका छन् ।


सोही घटनाको बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन तथा देशभरका विभिन्न उद्दार केन्द्रमा बन्द गरी राखिएका पशुको अवस्था पहिचान गरी उचित ब्यवस्थापनका लागि पहल गर्न पशु अधिकारकर्मीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेसनल ट्रस्ट फर नेचर कन्जरभेसन (एनटिएनसी)ले बाघ संरक्षणका लागि पहल नगरेको भन्दै जवाफ मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!