सामाजिक फीड
जनकपुरधाम, चैत्र १५ गते ।
रौतहटमा श्रीमान्ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन ।
वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।
वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी ओम खनालले जानकारी दिए ।
वाग्मती बगरमा घाँस काट्न गएका बेला दुवैबीच विवाद भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका वाइबाले श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हल्ला गरेका थिए ।
उनले आफनो पनि घाँटी रेटेर आत्महत्या गर्न लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
इबाको घाँटीमा गम्भीर चोट छ । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले जनाए ।