Samajik Feed – News Portal from Nepal

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १८ गते । नारायणी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् ।बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।हामफालेकै बेला उनलाई उद्धार गरेर उपचारको लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान […]

महोत्तरी प्रहरीद्वारा उँखु खेतबाट ६० किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, साउन १७ गते । महोत्तरीमा उँखु खेतमा लुकाइएको ६० किलो गाँजा प्रहरीले बरामद गरेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलबरीया चेपकट जाने बाटोमा स्थानीय श्याम श्रेष्ठको उँखु खेतमा वेवारिसो अवस्थामा तीनवटा पोकामा रहेको ६० किलो गाँजा बरामद गरेको महोत्तरी प्रहरीले जनाएको छ । कामदारहरुले खेतमा काम गरिरहेको अवस्थामा तीनवटा पोका फेला परेपछि […]

रौतहटमा वडाध्यक्षकै अगाडी पोलमा बाँधेर युवकमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, साउन १६ गते । रौतहटको सदरमुकाम गौरमा वडाध्यक्षकै अगाडिमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीमाथि निर्घात कुटपिट भएको हो । वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि स्थानीयले युवकलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना […]

रौतहटमा एक युवकमाथि भाला प्रहार

सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते । रौतहटमा एकयुवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । भाला प्रहारबाट रौतहटको फतुवा विजयपुर नगरपालिका ८ का २६ वर्षीय सम्भु राम घाइते भएका हुन् । आज साँझ पुरानो रिसीइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले आज साँझ ७ बजे राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले […]

सप्तरीमा एक जना मिटरब्याजी जले चलान

सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते । सप्तरीमा एक जना मिटरब्याजी पुर्पक्षका लागि जले चलान भएका छन् । राजविराज नगरपालिका ७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार जेल चलान गरिएको हो । जिल्ला अदालत सप्तरीको आदेशमा उनलाई सप्तरी जेल चलान गरिएको प्रहरीले जनाएको छ । उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला […]

सप्तरीमा एक युवको हत्या, अर्का घाइते

सामाजिक फीड-जनकपुरधाम, साउन १२ गते । सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो । पैनीको हिलैहिलोमा आज बिहान उनको शव फेला परेको हो । उनको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी […]

पर्वमा जनकपुरमा हतियार प्रदर्शन गर्न रोक, गरे कारबाही हुने

सामाजिक फीड-जनकपुरधाम, साउन ११ गते । स्थानीय प्रशासनले जनकपुरमा कुनै पनि सम्प्रदायको पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै पर्वमा कुनै पनि किसिमको हातहतियार सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपमाउने जनाएको छ । ‘विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन तथा पर्वको अवसरमा […]

महोत्तरीबाट एक मिटरब्याजी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ११ गते । महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी रघुवीर साहका छोरा ईन्द्रजीत साह छन् । उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनी साहुहरुको संगठन लेनदेन संघर्ष समितिका महोत्तरीका सहसचिव हुन् । जिल्ला प्रशासन […]

एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन १० गते । एक लाख घुस सहित काठमाडौंको बुढानिलकण्ठबाट एक प्रहरी हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरिष्ठ हवल्दार विष्णु सिंह छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंहले कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिएको अख्तियारका […]

दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न सर्घष समिति गठन, संयोजकमा महरा

सामाजिक फीड-जनकपुर,साउन ८ गते । दलित समुदाउमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण गरेका छन् । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरस्थित मसला कटेजमा भातृ सङ्गठनहरूको सोमबारको संयुक्त बैठकले सो प्रण गरेका हुन् । संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका […]