भारतको ‘केरल’ राज्यको नाम परिवर्तन हुने

एजेन्सी । भारतको केरल राज्यको नाम परिवर्तनका लागि प्रस्ताव पेश भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै उनले केरलको आधिकारिक नाम परिवर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । केरल राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलको रूपमा सूचीबद्ध रहेको उनले बताए । […]
लोकसभामा राहुल गान्धीको पुनर्बहाली

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित भएको छ । मानहानि मुद्दामा सर्वोच्च अदालतले नेता गान्धीलाई दोषी नठहराएपछि लोकसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै सांसद् पद बहाली भएको जनाएको हो । यसअघि गुजराजको सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो […]
भारतमा पुल निर्माणका क्रममा गिर्डर मेसिन खस्यो, १७ कामदारको मृत्यु

भारत, १६ साउन । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गिर्डर मेसिन माथिबाट खस्दा १७ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरूमाथि पुर्याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा […]
पाकिस्तानमा विस्फोटमा परेर ४४ जनाको मृत्यु

बीबीसी-जनकपुरधाम, साउन १५ गते । पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको ¥यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ । […]
पाकिस्तानको एक राजनीतिक सभामा बम विस्फोट, ४० जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको खारस्थित राजनीतिक सभामा बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । केही गम्भीर घाइतेहरूलाई उद्धार गरी पेशावरका अस्पतालहरूमा ल्याइएको छ। खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सभा चलिरहेका बेला बम विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा खार तहसीलमा […]
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता भएको छ । कांग्रेस पार्टीका एक सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको हो । […]
इमरान खानविरुद्ध गैरजमानती वरेन्ट

एजेन्सी । पाकिस्तानको चुनाव आयोगले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैरजमानती वरेन्ट जारी गरेको छ। आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको हो । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ । यसैबीच पाकिस्तान […]
इक्वेडरका एक मेयरको गोली हानी हत्या

एजेन्सी । इक्वेडरको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको गोली हानी हत्या गरिएको छ। दक्षिण अमेरिकी मुलुक इक्वेडरको मान्टा सहरका मेयर ३८ इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो । सार्वजनिक कामको निरीक्षणका क्रममा रहेका बेला उनीमाथि गोली हानिएको थियो । एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। […]
उत्तराखण्डको चमोलीमा करेन्ट लागेर १६ जनाको मृत्यु

एजेन्सी। भारतकाे उत्तराखण्डमा चमोली शहरमा करेन्ट लागेर १६ जनाको मृत्यु भएको छ । सो शहरमा रहेको नमामि गंगे आयोजनाअन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर करेन्ट चुहावट हुँदा १६ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करेन्ट लागेर घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विद्युत प्रवाह […]
पाकिस्तानमा भत्काइयो हिन्दुको १५० वर्ष पुरानो मन्दिर

एजेन्सी-जनकपुरधाम, साउन १ गते । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रवार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको हो । मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको रामनाथ मिश्र […]