एजेन्सी । भारतको केरल राज्यको नाम परिवर्तनका लागि प्रस्ताव पेश भएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका हुन् ।
प्रस्ताव प्रस्तुत गर्दै उनले केरलको आधिकारिक नाम परिवर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । केरल राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलको रूपमा सूचीबद्ध रहेको उनले बताए ।
उनले भने, ‘यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछु, यो सदनले हाम्रो राज्यलाई संविधानको आठौँ अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछ।