Samajik Feed – News Portal from Nepal

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित भएको छ । मानहानि मुद्दामा सर्वोच्च अदालतले नेता गान्धीलाई दोषी नठहराएपछि लोकसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै सांसद् पद बहाली भएको जनाएको हो ।

यसअघि गुजराजको सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । मार्च २३ मा भएको यो फैसलासँगै उनले सांसद् पद त्याग गर्नुपरेको थियो । त्यसपछि गुजरात उच्च अदालतले पनि उक्त सजायलाई कायम राखेको थियो । यसविरुद्ध राहुलले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । १३४ दिनपछि अगस्ट ४ मा अदालतले यस मामिलामा राहुलको सजाय दिन रोकेको थियो ।

उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो ।

यो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध उजुरी दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!