भारत, १६ साउन । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गिर्डर मेसिन माथिबाट खस्दा १७ जना कामदारको मृत्यु भएको छ ।
महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरूमाथि पुर्याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा च्यापिएकाहरूको उद्धार कार्य जारी रहेको छ । मंगलबार बिहान भएको यो घटनामा थुप्रै कामदार घाइते भएको र घाइतेहरूको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने बताइएको छ ।
शिव सेनाका संस्थापक बालसाहेब ठाकरेको नाममा निर्माण भइरहेको समरुद्धि महामार्ग मुम्बइदेखि नागपुर जोड्ने सात सय एक किलोमिटर लामो रहेको छ ।