एजेन्सी । पाकिस्तानको चुनाव आयोगले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैरजमानती वरेन्ट जारी गरेको छ।
आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको हो । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ ।
यसैबीच पाकिस्तान तहरीक–ए–इन्साफका नेता तथा इमरान खानको कानुनी टोलीका सदस्य बाबर अवानले आयोगलाई मुद्दा मामिला छाडेर चुनाव गराउन सुझाव दिएका छन् ।