जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दोषी वीरगञ्जबाट पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २२ वर्षीय बेगम विक रहेका छन्। प्रहरीका अनुसार उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका-४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा […]
मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]
मधेसमा हावाहुरीसहित वर्षाको सम्भावना, कुन ठाउँको अवस्था कस्तो रहने ?
सामाजिक फीड–जनकपुरधाम, वैशाख २१ गते । मधेश प्रदेशमा मंगलबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमबाट विकसित भएको मौसम प्रणाली क्रमशः पूर्वतर्फ सर्दै आएकाले मधेशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने देखिएको छ।विभागले आज बिहान जारी गरेको सूचनामा सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित […]
लहानका मेयरले सरकारी-ऐलानी जग्गा कब्जा गरेको आरोप, अनुसन्धान सुरु

सामाजिक फीड–जनकपुरधाम, वैशाख २१ गते । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले सरकारी-ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ । जग्गा कब्जा गरेको भन्दै नगरप्रमुख चौधरी विरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । गत १६ वैशाखमा राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निर्देशन दिएको […]
जनकपुरमा सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागियो

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । जनकपुरमा गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । बालेन्द्र नेतृत्वको सरकारले अन्याय गरिरहेको भन्दै उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन् । सरकारले डोजर आतंक बढाएको भन्दै उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत मागेका छन् । बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा […]
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेन, प्रहरीले गर्यो यस्तो आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । महोत्तरीमा मोटरसाइकको ठक्करबाट मृत्यु भएको महिलाको दुईदिनपछि समेत पहिचान खुल्न सकेको छैन । बर्दिबास जलेश्वर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका करिब ५५ वर्षीया महिलाको पहिचान खुल्न नसकेपछि पोष्टमार्टम प्रक्रिया रोकिएको छ । मृत महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ । जलेश्वर नगरपालिका वडा नं।१ […]
अदालतको आदेश विपरीत ढल्केवरको कोमल होटेलमा डोजर लगाउने प्रयास

जनकपुरधाम, बैशाख १२ गते । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित रहेको कोमल होटेलमा जवरजस्ती डोजर लगाएर तोडफोडको प्रयास भएको संचालकले आरोप लगाएको छ । आफ्नै निजी नम्बरी जग्गामा नक्सा पास गरी बनाइएको पाँचतल्ले होटलमा सडक तथा नाला निर्माणको नाममा मिथिला नगरपालिका, सडक डिभिजन कार्यालय लगायतले डोजर लगाउन खोजेको होटेलका संचालक प्रमोद साहको आरोप छ । […]
आज तराई मधेशका जिल्लाहरुमा तातो हावा चल्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख १० गते । तराई-मधेसमा केही दिनदेखि जारी अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मधेसका जिल्लाहरूमा तातो हावा अर्थात लु चल्ने सम्भावना छ। विभागले कर्णाली प्रदेशबाहेक देशका सबै प्रदेशका तराई तथा उपत्यकाका होचो भू–भागमा अत्याधिक गर्मी रहने प्रक्षेपण गरेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई […]
छानबिनका नाममा यातना आरोपपछि डीआईजी कार्यालयमै प्रहरी जवानको आत्मघाती प्रयास

सामाजिक फीड–जनकपुरधाम, वैशाख १० गते । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्मघाती प्रयास गरेका छन्। धनुषाको जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागि प्रदेश प्रहरी कार्यालयमा बोलाइएको थियो। यादवले बुधबार ‘छानबिनको नाममा यातना’ दिइएको आरोप लगाउँदै आफूले हात काट्ने प्रयास गरेको बताएका छन्। जनकपुरमा कार्यरत एक सञ्चारकर्मीसँग उनले गरेको भनिएको […]
मधेश सरकारले ९ महिनामा ९ प्रतिशत बजेट मात्रै खर्च गर्न सक्यो, अगामी ८४ दिनमा ४० अर्ब रुपैयाँ खर्च गर्न दबाब

सामाजिक फीड–जनकपुरधाम, वैशाख ९ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो नौ महिनामा अत्यन्त न्युन पूँजीगत बजेट खर्च गरेको देखिएको छ। कुल विनियोजित पूँजीगत रकमको करिब ९.०४ प्रतिशत मात्रै खर्च भएको पाइएको हो । चालु आर्थिक वर्षमा पूँजीगततर्फ ३० अर्ब ८६ करोडभन्दा बढी रकम छुट्याइए पनि हालसम्म करिब दुई अर्ब […]