Samajik Feed – News Portal from Nepal

चुरे क्षेत्रमा बाघको त्रास, गोठभित्रै पसेर चौपाया मार्न थालेपछि स्थानीय आतंकित

सामाजिक फीड– जनकपुरधाम,असार ५  गते । महोत्तरीको बर्दिबास नगरपालिकाको चुरे क्षेत्र आसपासका बस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो समय गोठभित्रै पसेर पशुचौपाया मार्ने घटना लगातार हुन थालेका छन्। हालै बर्दिबास–३ पाटुडाँडाको दमार टोलमा स्थानीय रुपमाया खड्काको खोरमा पसेको वन्यजन्तुले एउटा बोको मारेको र अर्को बाख्रीलाई घिसारेर लगेर खाएको अवस्थामा फेला परेको छ। यसअघि […]

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को नतिजा

सामाजिक फीड– जनकपुरधाम,असार ४  गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार बसेको बैठकले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। यस वर्ष कक्षा १२ परीक्षामा सहभागी कुल ४ लाख १८ हजार १७० विद्यार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ […]

मधेश सरकारले आफ्नो छुट्टै प्रहरी भर्ना गर्ने, बालेन्द्र सरकारसँग टकरावको सम्भावना

सामाजिक फीड– जनकपुरधाम,असार ४  गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट आफ्नै प्रहरी भर्ना गर्ने घोषणा गरेको छ । अगामी आर्थिक वर्ष २०८३ ०८४ को बजेटमार्फत प्रदेश प्रहरी भर्ना प्रक्रिया अघि बढाउने घोषणा गरेपछि प्रहरी समायोजनको बहस फेरि चर्किएको छ । प्रदेश सरकारले प्रहरी भर्नाका लागि बजेट विनियोजन गर्दै आफ्नै सुरक्षा संयन्त्र निर्माणको तयारी थालेको जनाएको […]

संसदमा मनिष झाको हर्क साम्पाङलाई आग्रह : बारम्बार बालहठ नगर्नुस, नियम पढ्नुस्

सामाजिक फीड– जनकपुरधाम,असार ३ गते । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा सांसदहरूबीच नियम र प्रक्रियालाई लिएर विवाद देखिएको छ। बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उद्योगमन्त्री गौरीकुमारी संसद्को रोष्ट्रममा थिइन्। मन्त्रीले सांसदहरूको जिज्ञासाको जवाफ दिइरहेकै बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई […]

मधेसमा मानसिक स्वास्थ्य संकट गहिरिँदै, एक वर्षमा १ हजार २९८ जनाको मृत्यु

सामाजिक फीड– जनकपुरधाम,असार ३ गते । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको पाइएको छ । मानसिक रोग तथा मनोसामाजिक समस्याका कारण पछिल्लो एक वर्षमा मात्रै १ हजार २ सय ९८ जनाले ज्यान गुमाएको तथ्यले सरकारको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। प्रदेश जनस्वास्थय कार्यालयको तथ्यांक अनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले […]

सिरहामा अवैध रुपमा खोला उत्खनन तथा ढुवानी गरिरहेको १० वटा टिपर र एक स्काभेटर नियन्त्रणमा

सामाजिक फीड– जनकपुरधाम,असार २ गते । सिरहामा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेको १० वटा टिपर र एक स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागन खोलाबाट आठ वटा तथा सिरहा नगरपालिका-१३ गमहरिया क्षेत्रमा पर्ने कमला नदीबाट थप दुई वटा टिपर र एक स्काभेटर नियन्त्रणमा लिइएको हो। अवैध रूपमा ग्राभेल उत्खनन […]

मधेश सरकारले ल्याउँदैछ अहिलेसम्मकै सानो बजेट

सामाजिक फीड– जनकपुरधाम,असार १ गते । अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। स्रोतका अनुसार मधेश सरकारले स्थापना भएयताकै सबैभन्दा सानो आकारको बजेट ल्याउन लागेको हो। चालु र पुँजीगत खर्चसहित करिब ४१ अर्ब रुपैयाँको बजेट तयार गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। […]

धनुषा प्रहरीको हिरासतबाट भागेका ९ जना थुनुवालाई एक वर्षको जेल सजाय

सामाजिक फीड– जनकपुरधाम,असार १ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जनालाई अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले शुक्रबार थुनुवा कक्षबाट भागेको अभियोगमा दायर मुद्दाको अन्तिम फैसला गर्दै एक नाबालकसहित ९ जनालाई दोषी ठहर गरेको हो। उक्त मुद्दाको २९औँ पेशीमा […]

बैंकिङ कसुर मुद्दामा महोत्तरीको बर्दिवासका एक वडाध्यक्ष पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २९ गते । महोत्तरीको बर्दिवास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि फरार सूचीमा रहेका महतोलाई प्रहरीले बिहीबार बर्दिवास क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार वडाध्यक्ष महतोविरुद्ध बर्दिवास-९ र वडा नम्बर ६ का केही […]

एक करोडभन्दा कम लागतका योजना मधेस सरकारले नल्याउने

सामाजिक फीड– जनकपुरधाम, जेठ २९ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा टुक्रे योजनालाई निरुत्साहित गर्दै एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने नीति लिएको छ। बिहीबार प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको ‘मधेस प्रदेश विनियोजन विधेयक, २०८३’ का सिद्धान्त र प्राथमिकतामा यस्तो व्यवस्था गरिएको हो। सरकारले सडक, ऊर्जा, सहरी […]