Samajik Feed – News Portal from Nepal

धनुषामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना युवकलाई जन्मकैदको फैसला

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई जन्मकैदको फैसला भएको छ । मिथिला बिहारी नगरपालिका-१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश कपिलमणि गौतमको इजलासले सुनाएको उक्त फैसलामा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।२०७८ फागुन २८ गते […]

सप्तरीमा जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहार मुद्दामा दुई जना पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका-८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डललाई जबर्जस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिइएको हो। वैशाख २१ गते राति करिब १ बजे उनले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी करणी गर्ने प्रयास […]

संकटमा यादव नेतृत्वको मधेस सरकार, जसपाको नेतृत्वमा एमाले सहितका दलहरूको नयाँ सरकार बनाउने तयारी

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । सहयात्री दलहरु बिच्किएपछी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ । जनमत पार्टीपछि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि तयारी गरेपछि सरकार संकटमा परेको हो । यादव नेतृत्वको सरकारमा कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका गरी २६, जनमतका १२, नेकपाका […]

जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दोषी वीरगञ्जबाट पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २२ वर्षीय बेगम विक रहेका छन्। प्रहरीका अनुसार उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका-४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा […]

मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]

मधेसमा हावाहुरीसहित वर्षाको सम्भावना, कुन ठाउँको अवस्था कस्तो रहने ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख २१ गते । मधेश प्रदेशमा मंगलबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमबाट विकसित भएको मौसम प्रणाली क्रमशः पूर्वतर्फ सर्दै आएकाले मधेशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने देखिएको छ।विभागले आज बिहान जारी गरेको सूचनामा सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित […]

लहानका मेयरले सरकारी-ऐलानी जग्गा कब्जा गरेको आरोप, अनुसन्धान सुरु

सामाजिक फीड–जनकपुरधाम, वैशाख २१ गते । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले सरकारी-ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ । जग्गा कब्जा गरेको भन्दै नगरप्रमुख चौधरी विरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । गत १६ वैशाखमा राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निर्देशन दिएको […]

जनकपुरमा सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागियो

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । जनकपुरमा गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । बालेन्द्र नेतृत्वको सरकारले अन्याय गरिरहेको भन्दै उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन् । सरकारले डोजर आतंक बढाएको भन्दै उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत मागेका छन् । बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेन, प्रहरीले गर्यो यस्तो आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । महोत्तरीमा मोटरसाइकको ठक्करबाट मृत्यु भएको महिलाको दुईदिनपछि समेत पहिचान खुल्न सकेको छैन । बर्दिबास जलेश्‍वर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका करिब ५५ वर्षीया महिलाको पहिचान खुल्न नसकेपछि पोष्टमार्टम प्रक्रिया रोकिएको छ । मृत महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ । जलेश्‍वर नगरपालिका वडा नं।१ […]

अदालतको आदेश विपरीत ढल्केवरको कोमल होटेलमा डोजर लगाउने प्रयास

जनकपुरधाम, बैशाख १२ गते । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित रहेको कोमल होटेलमा जवरजस्ती डोजर लगाएर तोडफोडको प्रयास भएको संचालकले आरोप लगाएको छ । आफ्नै निजी नम्बरी जग्गामा नक्सा पास गरी बनाइएको पाँचतल्ले होटलमा सडक तथा नाला निर्माणको नाममा मिथिला नगरपालिका, सडक डिभिजन कार्यालय लगायतले डोजर लगाउन खोजेको होटेलका संचालक प्रमोद साहको आरोप छ । […]