धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घर नजिक लालभित्तिचोकमा बुधबार अपराहन्न ४ बजे उनलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ६१०० नम्बरको बसले ठक्कर दिएको थियो […]
एकदिन अघि मधेशको मिडिया काउन्सिलको अध्यक्षमा पदभार ग्रहण, दोस्रो दिन भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, वैशाख ९ गते । दुर्ईदिनअघि मात्र मधेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको उक्त मुद्दासँगै उपाध्याय काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन्। उपाध्यायले सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुनमन्त्री राजकुमार […]
मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ६ गते । सिरहामा मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान नालामा डुबेर मिर्चैया नगरपालिका-५ स्थित किसुन साफीकी छोरी आसिका साफीको मृत्यु भएको हो । घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा बालिका मृत फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको […]
सर्लाहीबाट २४४ किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख ४ गते । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । बुधबार राति सवा ११ बजे, सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१ नवलपुरका चालक २५ वर्षीय सुशील चौधरी छन्। विशेष सूचनाको आधारमा, इलाका प्रहरी […]
गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २८ गते । दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनको साथबाट दुई किलो गाँजा […]
सिरहामा बोरामा भेटिएको शव बालिका गुलसनाको रहेको पुष्टि, एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २५ गते । सिरहाको घुर्मीखोला किनारमा बोरा भित्र राखेर गाडिएको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । शव गोलबजार नगरपलिका -९ गोबिनपुर बस्ने बेचन अलीको १३ वर्षीया गुलसना खातुनको रहेको सिरहा प्रहरीले जनाएको छ । खातुनको खेतमा थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको पुष्टि भएको छ । फागुन २९ गतेदेखि नै घरबाट […]
महोत्तरीबाट २३५ किलो गाँजा बरामद, मिनीट्रक र चालक नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । महोत्तरीको बर्दिबासबाट प्रहरीले २३५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । बर्दिबास नगरपालिका ३ गौरीडाडाबाट गाँजासहित मिनिट्रक र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । सोमबार साँझ पौने ७ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनिट्रक जाँचका क्रममा गाँजा फेला परेको हो […]
महोत्तरीमा तीन वर्षीया बालिका बलात्कृत

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ मा तीन वर्षीया बालिका आफन्तबाट बलात्कृत भएकी छन् । प्रहरीले दिएको जानकारी अनुसार, आफन्तले खेलाउन लगेकी बालिकालाई घरमै बलात्कार गरेको खुलेको छ । घटनापछि गम्भीर अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार दिउँसो २ बजे घटना भएको […]
सर्लाहीका राहुलको हत्या आरोपमा ६ जना पक्राउ

सामाजिक फीड– काठमाडौं, चैत १८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका–६ का १८ वर्षीय करन कुमार महतो, गोकर्णेश्वर नगरपालिका–५ का २३ वर्षीय जोधन मण्डल, […]
मुख्यमन्त्री सिंहद्वारा मिर्चैयाको १४ निजी अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, चैत १६गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा सिरहाको मिर्चेया नगरपालिकामा रहेका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको अनुगमन गरिएको छ। अनुगमनपछि १३ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ। मुख्यमन्त्री सिंहसहितको टोली शनिबार मिर्चैया पुगेपछि स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिएका आठवटा अस्पताल र पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मीहरू फरार […]