Samajik Feed – News Portal from Nepal

सप्तरी २ मा रामजी यादव निर्वाचित, सीके राउत तेस्रो स्थानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादव रहेका छन् । उमेशले १४ हजार २६३ मत प्राप्त गरेका […]

‘खल्ती’ देखि संसद सम्म

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । आइटी क्षेत्रका अनुभवी अरबिन्द साहको संसदीय यात्रा सुरु भएको छ । खल्ती डिजिटल वालेटका सह‑संस्थापक साह बारा क्षेत्र नम्बर ३ मा रास्वपाबाट निर्वाचित भएका हुन् । टेक एन्त्रेप्रेनेउर उद्यमी साह स्परो एसएमएस लगायतका डिजिटल प्लेटफर्महरू काम गरेका उनी चुनावको मुखमा रास्वपा प्रवेश गरी उम्मेदवार बनेका थिए । अब उनी […]

सप्तरी-३ मा उपेन्द्र यादव पराजित, रास्वपाका अमरकान्त चौधरी विजयी

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् । चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्। […]

जनकपुरधामआइपुगे मिथिला माध्यमिकी परिक्रमा

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । जनकपुरधाम मिथिला क्षेत्रको धार्मिक आस्थासँग जोडिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ। परिक्रमामा सहभागी साधु-सन्त, श्रद्धालु तथा भक्तजनहरू बाजागाजासहित नगर प्रवेश गरेका छन्। विभिन्न स्थानबाट पैदल यात्रा गर्दै आएका भक्तजनलाई जनकपुरधाममा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। परिक्रमाको क्रममा सहभागीहरू विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको दर्शन गर्दै अघि बढ्ने परम्परा […]

चुनावका कारण जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा स्थगित गर्ने जनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार २१ फागुनमा हुने निर्वाचनका अवसरमा शान्ति-सुरक्षा सुनिश्चित गर्न १९ फागुनदेखि २१ फागुन (बिहीबार)सम्म भंगाहा-जनकपुर–जयनगर रेल सेवा बन्द रहनेछ। […]

भ्रष्टाचार मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चार जना दोषी ठहर

सामाजिक फीड-जनकपुरधाम, फागुन १५  गते । भ्रष्टाचार मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा करिब नौ महिनाअघि दायर अभियोगमा बिहीबार विशेष अदालतले आंशिक कसूर कायम हुने निर्णय सुनाएको हो। फैसलाअनुसार तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव, […]

गगन र अमरेश उम्मेदवार रहेको सर्लाही ४ को सबै मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को सबै मतदानस्थल अतिसंवेदशील रहेको छ । जिल्लाको सुरक्षा समितिले जिल्लाका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलमा वर्गिकरण गरेको छ । प्रधानमन्त्रीका भावी उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापा, […]

धनुषामा गोली दागेर हत्या भएको युवतीको अझै खुलेन पहिचान

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । धनुषामा गोली हानी हत्या गरिएकी अन्दाजी २५ वर्षीया युवतीको तीन सातासम्म पनि पहिचान खुल्न सकेको छैन । गत माघ २३ गते बिहान औरही गाउँपालिका-१ पौडेसर स्थित सडक छेउमा उनको शव फेला परेको थियो । धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुवरका अनुसार युवतीको बायाँ कानमाथि गोली प्रहार गरी हत्या गरिएको […]

रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नं। १ अन्तर्गत जिल्ला अदालत गौर परिसर र गौर कारागार परिसर तथा क्षेत्र नं। ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र […]

फागुन २१ को निर्वाचनअघि सीमा सिल, तर मिथिला माध्यमिकी परिक्रमा सहभागी भारतीयलाई फर्किन सहजीकरण

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अगावै सीमा सिल गर्ने तयारी गरिए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय साधुसन्त तथा श्रद्धालुहरूलाई घर फर्किन कुनै अवरोध नगरिने स्थानीय प्रशासनले जनाएको छ। निर्वाचनअघि सीमा सिल गरिने व्यवस्थाका कारण परिक्रमा समाप्तिको समयमा भारतीय सहभागीहरूलाई फर्किन समस्या […]