बटेश्वरमा युवाको नेतृत्व विकासका लागि “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हँदै

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व, सञ्चार सीप तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हुने भएको छ। बटेश्वर युवा सञ्जालको आयोजनामा सञ्चालन हुने कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका एसईई उत्तीर्ण युवाहरू सहभागी हुन सक्नेछन्। दुई दिने कार्यक्रममार्फत नेतृत्व विकास, सञ्चार सीप, संघीयता तथा स्थानीय […]
गरुडामा पल्सर चोरी गर्ने दुई युवक आधा घण्टामै प्रहरीको फन्दामा

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । रौतहटको गरुडा नगरपालिका-४ बाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले चोरी भएको करिब ३० मिनेटमै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका-६ का २० वर्षीय अनिलकुमार साह र सोही स्थानका २० वर्षीय रामनारायण यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार मंगलबार […]
खुला दिसामुक्त घोषणाको आठ वर्षपछि पनि धनुषाको मुसहर बस्तीमा छैन शौचालय

सामाजिक फीड– जनकपुरधाम,असार ९ गते । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसकेको छ। तर धनुषाको सहिदनगर नगरपालिका-५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार अझै पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। सरकारले सरसफाइ अभियानअन्तर्गत अर्बौं रुपैयाँ खर्च गरेको दाबी गरे पनि विपन्न दलित बस्तीमा आधारभूत सरसफाइ सुविधा पुग्न सकेको छैन। पचहर्वा मुसहर बस्तीकी […]
एक सातादेखि सम्पर्कविहीन पूर्ववडाध्यक्षको खोजीमा प्रहरी

सामाजिक फीड– जनकपुरधाम,असार ८ गते । धनुषाको सहिदनगर नगरपालिका-३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार दिउँसो औषधि लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता परिवारको सम्पर्कमा आएका छैनन्। मण्डलकी भाउजू पार्वती मण्डलका अनुसार उहाँलाई विगत दुई महिनादेखि राति निद्रा नलाग्ने समस्या थियो र नियमित रूपमा औषधि सेवन गर्दै आउनुभएको थियो। औषधि […]
चुरे क्षेत्रमा बाघको त्रास, गोठभित्रै पसेर चौपाया मार्न थालेपछि स्थानीय आतंकित

सामाजिक फीड– जनकपुरधाम,असार ५ गते । महोत्तरीको बर्दिबास नगरपालिकाको चुरे क्षेत्र आसपासका बस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो समय गोठभित्रै पसेर पशुचौपाया मार्ने घटना लगातार हुन थालेका छन्। हालै बर्दिबास–३ पाटुडाँडाको दमार टोलमा स्थानीय रुपमाया खड्काको खोरमा पसेको वन्यजन्तुले एउटा बोको मारेको र अर्को बाख्रीलाई घिसारेर लगेर खाएको अवस्थामा फेला परेको छ। यसअघि […]
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को नतिजा

सामाजिक फीड– जनकपुरधाम,असार ४ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार बसेको बैठकले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। यस वर्ष कक्षा १२ परीक्षामा सहभागी कुल ४ लाख १८ हजार १७० विद्यार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ […]
मधेश सरकारले आफ्नो छुट्टै प्रहरी भर्ना गर्ने, बालेन्द्र सरकारसँग टकरावको सम्भावना

सामाजिक फीड– जनकपुरधाम,असार ४ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट आफ्नै प्रहरी भर्ना गर्ने घोषणा गरेको छ । अगामी आर्थिक वर्ष २०८३ ०८४ को बजेटमार्फत प्रदेश प्रहरी भर्ना प्रक्रिया अघि बढाउने घोषणा गरेपछि प्रहरी समायोजनको बहस फेरि चर्किएको छ । प्रदेश सरकारले प्रहरी भर्नाका लागि बजेट विनियोजन गर्दै आफ्नै सुरक्षा संयन्त्र निर्माणको तयारी थालेको जनाएको […]
संसदमा मनिष झाको हर्क साम्पाङलाई आग्रह : बारम्बार बालहठ नगर्नुस, नियम पढ्नुस्

सामाजिक फीड– जनकपुरधाम,असार ३ गते । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा सांसदहरूबीच नियम र प्रक्रियालाई लिएर विवाद देखिएको छ। बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उद्योगमन्त्री गौरीकुमारी संसद्को रोष्ट्रममा थिइन्। मन्त्रीले सांसदहरूको जिज्ञासाको जवाफ दिइरहेकै बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई […]
मधेसमा मानसिक स्वास्थ्य संकट गहिरिँदै, एक वर्षमा १ हजार २९८ जनाको मृत्यु

सामाजिक फीड– जनकपुरधाम,असार ३ गते । मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको पाइएको छ । मानसिक रोग तथा मनोसामाजिक समस्याका कारण पछिल्लो एक वर्षमा मात्रै १ हजार २ सय ९८ जनाले ज्यान गुमाएको तथ्यले सरकारको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। प्रदेश जनस्वास्थय कार्यालयको तथ्यांक अनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले […]
सिरहामा अवैध रुपमा खोला उत्खनन तथा ढुवानी गरिरहेको १० वटा टिपर र एक स्काभेटर नियन्त्रणमा

सामाजिक फीड– जनकपुरधाम,असार २ गते । सिरहामा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेको १० वटा टिपर र एक स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागन खोलाबाट आठ वटा तथा सिरहा नगरपालिका-१३ गमहरिया क्षेत्रमा पर्ने कमला नदीबाट थप दुई वटा टिपर र एक स्काभेटर नियन्त्रणमा लिइएको हो। अवैध रूपमा ग्राभेल उत्खनन […]