Samajik Feed – News Portal from Nepal

जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित

सामाजिक फीड–महोत्तरी, पुस ७ गते । शनिवार सम्पन्न जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा शिवचन्द्र चौधरी अध्यक्ष पदमा विजयी भएका छन्। संघका ८६५ सदस्यमध्ये ७९९ जनाले मतदान गरेका थिए। आइतवार साँझ सम्पन्न मतगणनामा चौधरीले ४१९ मत ल्याएर निकटतम प्रतिस्पर्धी सन्तोष कुमार साहलाई ६१ मतले पराजित गरे। साहले ३५८ मत पाएका थिए। खुल्ला उपाध्यक्षमा राम एकवाल साहले […]

काँग्रेसको विरासत भत्काउँदै धनुषाधाम -१ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । काँग्रेसको विरासत भत्काउँदै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डल ६०२ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, […]

अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपुर्ण

सामाजिक फीड-१६ गते जनकपुरधाम स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ । नगरपालिका […]

रवि लामिछानेको काठमाडौंमा बयान सुरू

सामाजिक फीड-१४ गते जनकपुरधाम पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला सरकारी वकील कार्यालयमा बयान दिन थालेका छन्। उनी कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका हुन्। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। मुख्य बुँदाहरू: पृष्ठभूमि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताबारे अनुसन्धान भइरहेको छ। यसअघि […]

रास्वपाको आरोप: “रवि लामिछानेलाई बदनाम गर्न सुनियोजित प्रयास”

सामाजिक फीड-१२ गते जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई थुनामा राखेर सुनियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले अनुसन्धान प्रक्रियालाई पूर्वाग्रही भनी आलोचना गर्दै, “सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबाट भाला हानेजस्तो काम भइरहेको छ,” भने। झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरिएको […]

मुख्यमन्त्री सिंह: “मधेश प्रदेशमा विकासको सम्भावना प्रचुर, तर सही सदुपयोगको अभाव”

सामाजिक फीड-१२ गते जनकपुरधाम मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासका प्रचुर सम्भावनाहरू भए पनि तिनको सही सदुपयोग र व्यवस्थापनको अभावले प्रदेशको आर्थिक विकासमा बाधा पुगिरहेको बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित ‘प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालाहरू संग कार्यशाला गोष्ठी’मा उनले योजनाहरू समयमा सम्पन्न नहुनु प्रदेशको विकासको प्रमुख चुनौती रहेको उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय […]

बयान सकेपछि पूर्वडीआईजी जोशी पोखरा फर्काइए, रविको ल्याउने प्रक्रिया सुरु

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार  कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । […]

महासचिव पोखरेल: लोडसेडिङ अन्त्यको नेतृत्व केपी शर्मा ओलीले गरेका हुन्

सामाजिक फीड-७ गते-जनकपुरधाम नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ अन्त्यको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले दैनिक १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट नेपाललाई मुक्त गर्न ओलीको नेतृत्वमा योजना बनेको बताएका हुन्। ‘केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्यालाई समाधान गरेर लोडसेडिङ […]

पूर्व मुख्यमन्त्री यादवको आरोप मुख्यमन्त्री सिंहको अयोध्या भ्रमणले विवादको सङ्केत

सामाजिक फीड, जनकपुरधाम, ५ मंसिर २०८१ ,बुधवार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको हालको अयोध्या भ्रमणले विवादको सङ्केत गरेको छ। बिना सरकारी स्वीकृतिका भारतको अयोध्या पुगेका मुख्यमन्त्री सिंहको कदमलाई पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको बेइज्जत भएको आरोप लगाउँदै आलोचना गरेका छन्। यादवका अनुसार, यस भ्रमणले केवल प्रदेशको इज्जत नै घटाएको छैन, अपितु पदीय मर्यादाको […]

एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा […]