सामाजिक फीड-
जनकपुरधाम, असार १ गते।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
सरकारी स्रोतका अनुसार मधेश सरकारले यस वर्ष करीब ४६ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यसपटकको बजेट पनि मुख्यतः भौतिक पूर्वाधार निर्माण क्षेत्रमा केन्द्रित हुने जनाइएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट मधेश सरकारका आर्थिक मामिला मन्त्री सुनिल कुमार यादवले प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।
बजेट असार १ गते ल्याउने तयारी गरिएको यो दस्तावेज जेठ २३ गते सार्वजनिक नीति तथा कार्यक्रमअनुसार नै निर्माण गरिएको एक अधिकारीले जानकारी दिए ।