सामाजिक फीड-
जनकपुरधाम, असार १२ गते ।
आफै ल्याएको बजेटले जनमत नेतृत्वको सरकार धरापमा पर्ने देखिएको छ । आफ्नै नेतृत्वको मधेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अनुसार नआएकोले सन्तोषजनक नरहेको जनमतले निष्कर्ष निकालेको छ । आज बसेको जनमत संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेकोले सरकारबाले आधिकारिक निर्णय गर्ने जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको हो ।
‘जसरी नीति तथा कार्यक्रम आएको थियो । त्यस अनुसार बजेट आएन । यस बारेमा कुनै गम्भीर निर्णय पार्टीले लिनुपर्छ भन्ने निष्कर्ष हामीले निकालका छौं । यो जिम्मा सचिवालयलाई दिएका छौं’ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले भने ।
मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटको रेडबुकमा रहेको योजनाहरु बिचौलियाको प्रवेश रहेको, दलले नै संकलन गरेर राखेका योजनाहरु नपरेको भन्दै जनमतका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले नै समाजिक सन्जाल मार्फत असन्तोष पोखेका छन् ।
जनमतका सतिशकुमार सिंह नेतृत्वको मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ४६ करोड ९८ लाखको बजेट ल्याएको थियो ।