विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन मनाइएको छ । नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अब्लोकन गर्न श्रद्धालुहरुको भीड लागेको थियो । विवाहपञ्चमीको दोस्रो दिन फुलबारी […]
जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते । सीताराम विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि विधिवत् सुरु भएको छ । त्रेता युगमा भगवान् राम र जनकनन्दिनी सीताबीच भएको दिव्य विवाहको स्मरणमा प्रत्येक वर्ष भव्य रुपमा सप्ताहव्यापी सीताराम महोत्सव मनाउने गरिन्छ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम हुँदैछ । शुक्रबार फूलबारी लीला, शनिबार धनुष्यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मंसिर ८ गते […]
मधेशका सभामुख मण्डल पदमुक्त

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता भएको प्रस्ताव बुधबारको प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतले पारित गरेपछि मण्डल स्वतः पदमुक्त भएका हुन् । उपसभामुख बबिताकुमारी राउत ईशरले प्रस्तावमा ७६ मत परेका र ७८ जना सांसद उपस्थिति रहेको जानकारी दिँदै मण्डल पदमुक्त भएको […]
धनुषामा सर्प महोत्सव

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरन्दाहामा आइतबारदेखि दुई दिने सर्प महोत्सव सुरु भएको छ । ‘सर्पको महत्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित कल्चरल भिलेजमा महोत्सव आयोजना गरिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सर्पदंश उपचार […]
धनुषामा वडा अध्यक्षको गोली दागेर हत्या गर्ने प्रहरीसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ३० गते । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ वर्षीय शम्भु कुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोज कुमार यादव छन् । गत कार्तिक २८ गते साँझ स्थानीय […]
मधेशका सभामुख मण्डलको पद धरापमा, सात दलद्वारा महाअभियोग दर्ता

सामाजिक फीडजनकपुरधाम, कार्तिक २७ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको छ । मधेशका काँग्रेससहितका सात दलीय गठबन्धनका ६४ सांसदको हस्ताक्षरमा सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता भएको हो । सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव उपसभामुख बबिता राउत इशरको तोकमा कर्मचारीले दर्ता गरेका हुन् ।नेपालको संविधान, २०७२ र प्रदेश सभा कार्य संचालन […]
धनुषामा गहना लुट्न छिमेकी महिलाद्वारा महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २६ गते । धनुषामा गहना लुट्ने उद्देश्यले एक महिलाले आफ्नै छिमेकी महिलाको हत्या गरेकी छन् । धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार राति खेतमा विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बमका अनुसार मृतकको शव मंगलबार राति करिब […]
एमाले नेता यादव सरोज यादव मुख्यमन्त्री नियुक्त, दलभित्रै असन्तुष्टि

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । मधेशमा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । बिरामी रहेको भन्दो आज बिहानै ४ बजेतिर काठमाडौं जान लागेको नाटकीय शैलीमा प्रदेश […]
प्रचण्डको हस्तक्षेपविरुद्ध मधेशमा माओवादी भित्र विद्रोह, जसले ढल्यो सोनल सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय हस्तक्षेपविरुद्ध मधेशमा विद्रोह भएको छ । माओवादीको विद्रोहले मधेशमा मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार २५ दिनमै ढल्न पुगेको छ । शनिबार विश्वासको मतको प्रस्ताव पेश हुने बैठकमा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अंसारी र माला कर्णले विद्रोह गरेका हुन् । विश्वासको मत नदिने उनीहरूकै उद्घोषको कारण […]
मधेशका मुख्यमन्त्री सोनल विश्वासको मत लिँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज सदनबाट विश्वासको मत लिन लागेका छन् । लोसपा नेता सोनल गत असोज २९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई विश्वास मत लिनको लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । १०७ सदस्य मधेश प्रदेश सभामा हाल […]