धनुषामा प्रेमिका भेट्न गएका युवकको विभत्स हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन १५ गते । धनुषामा प्रेमिकासँग भेट्न गएका एक युवकको विभत्स हत्या भएको छ । औरही गाउँपालिका–६ स्थित खेतमा हंसपुर नगरपालिका–९ रुदौली निवासी गंगाराम मण्डलका १९ वर्षीय छोरा सुमित मण्डलको घाँटी रेटिएको अवस्थामा बिहीबार अपराह्न करिब ४ बजे शव फेला परेको प्रहरीले जनाएको छ । दुबै हात पछाडि बाँधिएको अवस्थामा रहेको शवले घटना […]
जनकपुरमा टिपरको ठक्करबाट महिला ट्राफिक प्रहरीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । जनकपुरमा टिपरले पछाडिबाट ठक्कर दिँदा महिला ट्राफिक प्रहरीको ज्यान गएको छ । मृत्यु हुनेमा ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त बर्दिबास पशुपतिनगरकी २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतो छन् । दुर्घटनामा मोटरसाइकल चालक मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत्त विजय यादव समान्य घाइते भएका छन् । आज दिउँसो सवा २ […]
यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ महिलासहित १७ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रु बस सोमबार बिहान त्रिशूली नदीमा खस्दा ६ महिलासहित १७ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर […]
आज महाशिवरात्रि मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, फागुन ३ गते । आज देशभर महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । बिहानैदेखि शिवालयहरूमा भगवान शिवको पूजापाठ, व्रत र दर्शनमा भक्तजन व्यस्त देखिएका छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवमन्दिरमा पुगेर पूजा–अर्चना गर्ने परम्परा छ । जनकपुरको कपिलेश्वरनाथ महादेव, धनुषाको क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ […]
सही शक्तिलाई मत दिनुपर्छ : बरिस्ठ नेता श्रेष्ठ

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । नेपाली कम्युनिस्ट पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश संकटको अवस्थामा रहेकाले सही शक्ति छान्न मतदातालाई आग्रह गरेका छन् । महोत्तरीको बर्दिबासमा आइतबार आयोजित पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले मतदाताले अवको फैसला सुशासन र विकासको पक्षमा हुनुपर्ने बताए । ‘अब फैसला सुशासन र विकासको पक्षमा हुनुपर्छ। कतिपय शक्ति […]
बैतडीमा जन्ती बोकेको बस सडकबाट दुईसय मिटर तल खस्यो, १३ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । बैतडीमा जन्ती बस सडकबाट दुईसय मिटर तल खसेर दुर्घटाना हुँदा १३ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर […]
कुलमान घिसिङ आज जनकपुरधाम आउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज जनकपुरधाम आउन लागेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आउन लागेका हुन् ।बिहीबार जानकी मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम रहेको जनाएको छ । विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक […]
‘कोड फर इम्प्याक्ट’ ह्याकाथनको जनकपुर संस्करण सम्पन्न

सामाजिक फीड- जनकपुरधाम, माघ १८ गते । देशव्यापी नवप्रवर्तन अभियानलाई थप गति दिँदै ‘कोड फर इम्प्याक्टः यूएस–नेपाल टेक इनोभेसन ह्याकाथन’ को जनकपुर संस्करण सम्पन्न भएको छ । बुटवलबाट जनवरी १८–१९ मा सुरु भएको यो ह्याकाथन श्रृंखलाले यसअघि गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक आफ्ना संस्करण सम्पन्न गरिसकेको छ । मधेश र कर्णाली प्रदेशमा समानान्तर कार्यक्रम […]
कपिलेस्वर महादेवलाई साक्षी राखेर निधिले सुरु गरे चुनावी अभियान

सामाजिक फीड-जकपुरधाम, माघ १६ गते । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी अभियान सुरु गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार निधि सहिद दिवसको अवसर पारेर जनकपुरधाम–१६ स्थित कपिलेश्वरबाट विधिवत चुनाव अभियान आरम्भ गरेका हुन् । चुनाव अभियान आरम्भ गर्दै उनले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन् । […]
बारामा एकै परिवारका अमा छोराको हत्या, बुबासहित तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । बारामा धारिलो हतियार प्रहार गरी आमा छोराको विभत्स हत्या भएको छ । त्यही परिवारका अन्य तीनजना हतियार प्रहारबाट घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन् । […]