सामाजिक फीड-
जनकपुरधाम, फागुन ३० गते ।
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
माइक्रोमा १४ जना सवार रहेकोमा सातजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको हो । अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।
मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।प्रहरी र स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।