महोत्तरीमा तीनवटा मदिरा भट्टी नष्ट

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । महोत्तरी प्रहरीले तीनवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ पासी टोल स्थित लालु पासि ,विरेन्द्र पासि र दिलिप चौधरीको घर पछाडी लुकिछिपी रुपमा उत्पादन गरिरहेको मदिरा भट्टी नष्ट गरेको हो । बुधबार दिउँसो गोप्य सूचनाको आधारमा तीनवटै भट्टीमा प्रयोग हुने ड्रम थान १० र […]
पाकिस्तानमा भुकम्प जाँदा १२ जनाको मृत्यु, १७५ घाइते

एजेन्सी-जनकपुरधाम, चैत ८ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो । बीबीसीका अनुसार हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्रै आधिकारिक […]
रौतहटको गरुडा नगरपालिकामा मेयरका प्रत्यासी सूचना माग्दै बसे अनसन

सामाजिक फिडजनकपुरधाम, चैत ७ गते । रौतहटको गरुडा नगरपालिकामा मेयरका प्रत्यासी सूचनाको माग गर्दैृ आमरण आनसन बसेका छन् । मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार लोसपा नेता दिपक यादव आमरण अनसन बसेका हुन् । उनले नगरपालिकासँग १२ बुँदे माग राखेका छन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट […]
बारा २ को उपनिर्वाचनमा उपेन्द्रलाई टक्कर दिने उम्मेदवार खोज्दै डा. सिके राउत

सामाजिक फिड-जनकपुरधाम, चैत ६ गते । बाराको क्षेत्र नं. २ प्रतिनिधिसभाबाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ दलहरुले कसलाई उम्मेदबार बनाउने तयारबी थालेका छन् । सप्तरी क्षेत्र नं. २ मा दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष उपेन्द्र यादव उप निर्वाचनबाट सांसद छिर्न रामसहायलाई उपराष्ट्रपति बनाएको चर्चा छँदै छ । अब बारा २ […]
डाँका गरेर फरार रहेका चौधरी २० वर्षपछि पक्राउ

जनकपुरधाम,चैत ७ गते । सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी ६५ वर्षीय फुल कुमार चौधरी २० वर्ष पछि पक्राउ परेका छन् । बोदेरबसाईन नगरपालिका ३ का स्थायी बासिन्दा चौधरी २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ । सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा […]
जिल्ला प्रहरी कार्यालय धनुषामा एक व्यक्ति विष सेवन गरेको अवस्थामा भेटिए

सामाजिक फिडजनकपुरधाम, चैत ६ गते । जिल्ला प्रहरी कार्यायल धनुषामा एक व्यक्ति विष सेवन गरेको अवस्थामा भेटिएका छन् । जनकपुरधाम उपमहागरपालिका ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण प्रहरी कार्यालय परिसरमै विष सेवन गरेको अवस्थामा सिकिस्त भेटिएका हुन् ।उनी आइतबार साढे ४ बजे भेटिएपछि अस्पताल भर्ना गरिएको हो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले साढे ४ […]
उपराष्ट्रपति रामसहायले लिए पद तथा गोपनियताको शपथ

सामाजिक फिड-जनकपुरधाम, चैत ६ गते । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार ज सपाबाट उपराष्ट्रपतिमा निर्वाचित भएका यादव सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । शपथसंगै उनले पदभार ग्रहण गरेका छन् ।यादवको शपथसँगै निवर्तमान […]
सिरहाको मोरबैता बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी

सामाजिक फिड-जनकपुरधाम, चैत ६ गते । सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानल सहित विजयी भएको छ । जनमत विद्यार्थी संघबाट सभापतिमा दिपेन्द्र कुमार यादव १९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटमत प्रतिद्वन्दी संयुक्त तीनदलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमित कुमार राय यादव १२१ मत ल्याएका छन् । […]
सप्तरीबाट पेस्तोलसहित दुई युवक प्रहरीको फन्दामा

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ नेपाल भारतसीमा क्षेत्रबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका २ महुवा बस्ने २८ सोनु राय र राजबिराज नगरपालिका १ डुमरी बस्ने २८ वर्षीय रोशन यादव छन् । आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाडोखोला स्थित नेपाल […]
हवाई फायर गरी १८४ किलो गाँजा बरामद

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । हवाई फायर गरी प्रहरीले सप्तरीबाट १८४ किलो गाँजा बरामद गरेको छ । .सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट इलाका प्रहरी कार्यालय हनुमाननगर कंकालिनीका प्रहरी टोलिले १८४ किलो गाँजा बरामद गरेको हो । शनिबार राति ९ बजे घोडामा बोकेर गाँजा भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखेपछि तस्करहरु […]