Samajik Feed – News Portal from Nepal

आज तराईमा हावाहुरीसहित वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, जेठ १४ गते । आज दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दिउँसो तराई मधेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। ‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद् श्रेष्ठले भने।यस्तै अज बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको […]

जनकपुरमा महेन्द्र नारायण निधि टी–२० क्रिकेट हुने

सामाजिक फीड-जनकपुरधाम, जेठ १३ गते । जनकपुरमा राष्ट्रिय स्तरको महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा अगामी सोमबारदेखि जनकपुरको रजौल स्थित निर्माणधीन अन्तरष्ट्रिय रामजानकी रंगशालामा खेला हुने आयोजकले जनाएको छ । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघले सातवटै प्रदेशबाट क्रिकेट टोलि सहभागी हुने बताए । २१ वटा खेल […]

महोत्तरीको भंगहा कार्यपालिका सदस्य मण्डलको पद खारेज

सामाजिक फीड-जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालत जनकपुरले बदर गर्ने फैसला गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो । काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए […]

दिलीपको हत्या भएको खोलामा अवैध उत्खनन गर्ने सातजना पक्राउ

सामजिक फीड-जनकपुरधाम, जेठ द१२ गते । धनुषाको औरही खोलमा अवैध उत्खनन गर्ने चारवटा सवारीसाधन सहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । तीनवर्ष अघि श्रीपुरका दिलीपको हत्या भएको औरही खोलामा बिहीबार राति उत्खनन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेम धनुषाको मिथिला नगरपालिका ५ बस्ने वर्ष २३ का कृष्ण कुमार महतो, वर्ष २४ […]

देशभर मौसम बदली, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, जेठ १० गते । आज बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा पनि अहिले हल्का वर्ष भइरहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई […]

महोत्तरीबाट एक क्वीन्टल गाँजासहित दुई युवक पक्राउ

सामाजिक फीड-महोत्तरी, जेठ ९ गते । महोत्तरीबाट एक क्वीन्टल गाँजासहित दुर्इु युवक पक्राउ परेका छन् । मकवानकपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिन छन् । गोले ट्रक चालक हुन् भने पाख्रिन सहचालक । सोमबार राति १० बजे महोत्तरीको एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट प्रदेश ३–००१ क ०२६९ नम्बरको […]

जनकपुरकी आरतीको हत्या कि आत्महत्या ?

सामाजिक फीड-जनकपुरधामम, जेठ ८ गते । झण्डै दुईवर्ष अघि वैवाहिक बन्धनमा बाँधिएकी जनकपुरकी आरती साहको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको आइतबार साँझ रहस्यमय मृत्यु भएको हो ।माइत पक्षले भने छोरी आरतीको श्रीमानसहित ससुरा पक्षले हत्या गरेको दावी गरिरहेको छ । धनुषाका प्रहरी पवक्ता डिएसपी […]

तीनदिन देशभर बदली, मधेशमा हावाहुरीको सम्भावना

सामजिक फीड-जनकपुरधाम, जेठ ९ गते । अबको दुईतीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई(तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने […]

जनकपुरबाट श्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । जनकपुरबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत मनपुरका २५ वर्षीय रन्धिर ठाकुर छन् । उनी हाल जनकपुरधाम उपमहानगरपालिका ६ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उनलाई जनकपुरधाम ६ […]

सप्तरीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । सप्तरीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलि घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता […]