सामाजिक फीड-
जनकपुरधाम, जेठ ८ गते ।
जनकपुरबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत मनपुरका २५ वर्षीय रन्धिर ठाकुर छन् । उनी हाल जनकपुरधाम उपमहानगरपालिका ६ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा उनलाई जनकपुरधाम ६ डोम्बाबारी स्थितबाट उनले बोकेको झोला चेकजाँच गर्दा स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार उनी हुण्डीकारोबारी हुन् । ठाकुरमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।