Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, जेठ १३ गते ।

महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालत जनकपुरले बदर गर्ने फैसला गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो ।

काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए । अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता गरेको थियो ।
तत्माले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यालय भंगहा समेतलाई विपक्षी बनाइ उच्च अदालत जनकपुरमा रिट हालेका थिए ।

रिट उपर सुनुवाई गर्दै अदालतले मण्डलको पद खारेजीसंगै निर्वाचन प्रक्रिया मार्फत पदपुर्ति गर्न आदेश दिएको उच्च अदालतका शाखा अधिकृत कुवेर ढुंगेलले जानकारी दिए । कार्यपालिका सदस्यमा अल्पसंख्यक तथा दलित समूहबाट मात्र निर्वाचित गराउनुपर्ने कानुनी व्यवस्था छ । कार्यपालिका सदस्यबाट जितेका मण्डल केही महिना अघि वैदेशिक रोजगारमा गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!