Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ १० गते ।

आज बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा पनि अहिले हल्का वर्ष भइरहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम र ५० देखि सय मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराईमा हावाहुरीको पनि सम्भावना रहेको माशम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम भोलिबिहीबारसम्म यस्तै रहने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै चट्याङ तथा हावाहुरीबाट हुने जोखिमरक्षतिबाट बच्नका लागि सतर्कता अपनाउन सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!