सामाजिक फीड-
जनकपुरधाम, जेठ १३ गते ।
जनकपुरमा राष्ट्रिय स्तरको महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा अगामी सोमबारदेखि जनकपुरको रजौल स्थित निर्माणधीन अन्तरष्ट्रिय रामजानकी रंगशालामा खेला हुने आयोजकले जनाएको छ ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघले सातवटै प्रदेशबाट क्रिकेट टोलि सहभागी हुने बताए । २१ वटा खेल हुने क्रिकेट जेठ २६ गतेसम्म चल्ने छ ।
उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाखको पुरस्कारको व्यवस्था छ ।
खेलमा ७० लाख खर्च रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । जसमा मधेश सरकारको चालु बजेटबाट ४० लाख र अन्य सहयोगी संघसंस्थाबाट जुटाइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा तथा समाजिक कल्याणमन्त्री महेश प्रसाद यादवले अगामी दिनमा खेल र खेलाडीको विकासमा जोड दिने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा घोषणा गरेको एक अर्ब रुपैयाँ भारु निर्माणधी अन्तराष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन लगानी गर्ने प्रक्रिया अघि बढाएको बताए । उनले यो रकम अन्यत्र खर्च गर्ने गरी केन्द्र सरकारले चलखेल गरीरहेको आरोप लागए ।
पत्रकारसम्मेलनमा शिक्षा मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराई र श्रम तथा यातायात मन्त्रालयका निमित सचिव रञ्जित यादव लगायतको उपस्थिति थियो ।