सामजिक फीड-
जनकपुरधाम, जेठ द१२ गते ।
धनुषाको औरही खोलमा अवैध उत्खनन गर्ने चारवटा सवारीसाधन सहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । तीनवर्ष अघि श्रीपुरका दिलीपको हत्या भएको औरही खोलामा बिहीबार राति उत्खनन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेम धनुषाको मिथिला नगरपालिका ५ बस्ने वर्ष २३ का कृष्ण कुमार महतो, वर्ष २४ का ईन्द्रजित यादब, वर्ष ३२ का कृष्ण कुमार महतो, वर्ष ३८ का श्रीलाल महतो, वर्ष ४४ का राम बहादुर घिसिङ, वर्ष २४ का ईन्द्रजित महतो र वर्ष ३५ का रोहित महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
उनीहरुले पक्राउ गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । यही खेलामा अवैध उत्खननको विरोध गर्दा तीनवर्ष अघि श्रीपुरका दिलीप महतोको हत्या भएको थियो ।
उनीहरुले खोला उत्खनन गर्न प्रयोग गर्ने ट्याक्टर तथा चढे गएका मोटरसइकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । प पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।