Samajik Feed – News Portal from Nepal

सर्लाहीमा कारले ठक्कर दिँदा वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते । सर्लाहीमा कारको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र […]

धनुषाका एक वडाध्यक्ष र सचिव ७० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते । धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई बुधबार घुससहित पक्राउ गरेको हो । वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास […]

जनताको पक्षमा गरेको पहलले प्रतिगामी अतालिए : प्रधानमन्त्री प्रचण्ड

सामाजिकल फीड-काठमाडौं, जेठ ३१गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् । प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र […]

जनकपुर : ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेकी एकल मिहलाको प्रेमीबाटै हत्या, यसरी खुल्यो रहस्य

सामाजिक फीड-जनकपुरधाम, जेठ ३० गते । धनुषामा ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेकी एकल मिहलाको प्रेमीबाटै हत्या भएको रहस्य खुलेको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका ८ तारापट्टीकीका स्वर्गीय रामचन्द्र दासकी श्रीमति अन्दाजी ४२ वर्षीया उषा दासको हत्या भएको हो । हत्या गरेर घर नजिकै पोखरीको डिलमा नांगै पारेर गाडिएको अवस्था उसाको शव धनुषा प्रहरीले जेठ २८ गते […]

दोश्रो पटक पनि मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनको विश्वासको मत

सामाजिक फीड-जनकपुरधाम, जेठ ३० गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनको विश्वासको मत पाएका छन् । आज अकास्मिक रुपमा बसेको प्रदेशसभा बैठकमा उपस्थित १०३ सांसदको विश्वासको मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षीसहित नेकपा एमालेसहित सदनाका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । नेकपा एमालेले जेठ १ गते समर्थन […]

आज हतारमा विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री यादव

सामाजिक फीड-जनकपुरधाम, जेठ ३० गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव हतारमा विश्वासको मत लिन लागेका छन् । आज साँझ ५ बजेको लागि अकास्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।प्रेदशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ । सरकारलाई समर्थन दिएका कुनै दलले […]

देशको विभिन्न स्थानमा वर्षाको सम्भावना

सामाजिक फीड-जनकुपरधाम, जेठ ३० गते । आज देशको विभिन्न भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भवान रहेको उल्लेख छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

जनकपुरबाट काठमाडौं उड्न लागेको वुद्ध एयरको विमानमा धुवाँ देखिएपछि उडान रद्द

सामाजिक फीड-जनकपुरधाम, जेठ २९ गते । जनकपुरदेखि काठमाडौं उड़ान भर्न लागेको बुद्ध एअरको विमानमा धुवाँ देखिपछि उडान रद्द गरिएको छ । यु४–५०८ नम्बरको बुद्ध एयरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा अचानक धुवाँ देखिएको एक यात्रीले बताएपछि उडान रद्द गरिएको हो । रन्वेमा विमानमा धुँवा देखेपछि यात्रीहरु अत्तालिएपछि उडान रद्द गरी विमान […]

कस्तो रहन्छ आजको मौसम ?

  सामाजिक फीड-जनकपुरधाम, जेठ २९ गते । आज दिउँसो मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहाज ६ बजे जारी गरेको मौसम बुलेटिनमाआज दिउँसो, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी […]

महोत्तरीको भिठामोडमा जनकपुरको एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट

सामाजिक फीड-जनकपुरधाम, जेठ २८ गते । महोत्तरीको भिठामोडमा पानी किन्ने विवादमा जनकपुरका एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा घर भई जनकपुरधाम उपमहानगरपालिका ६ डेरा गरी बस्दै आएकी ३६ वर्षीया सविता महतो, उनका भाई द्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साहमाथि कुटपिट भएको हो । आइतबार […]