सामाजिक फीड-
जनकपुरधाम, जेठ ३१ गते ।
सर्लाहीमा कारको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् ।
बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियारले जानकारी दिए ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।