सामाजिक फीड-
जनकपुरधाम, जेठ ३१ गते ।
धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई बुधबार घुससहित पक्राउ गरेको हो ।
वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन मागेका थिए ।
दुबैजनाको साथबाट ७० हजार रुपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।