सामाजिक फीड-
जनकपुरधाम, जेठ २९ गते ।
जनकपुरदेखि काठमाडौं उड़ान भर्न लागेको बुद्ध एअरको विमानमा धुवाँ देखिपछि उडान रद्द गरिएको छ । यु४–५०८ नम्बरको बुद्ध एयरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा अचानक धुवाँ देखिएको एक यात्रीले बताएपछि उडान रद्द गरिएको हो ।
रन्वेमा विमानमा धुँवा देखेपछि यात्रीहरु अत्तालिएपछि उडान रद्द गरी विमान पुनः पार्किङ्गमा फर्काएको छ । टेक्निकल टिमले विमान भित्र खराबी रहे वा नरहेको हेरिरहेको वुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले बताए ।
उनका अनुसार अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ ।