Samajik Feed – News Portal from Nepal

धनुषामा झडप हुँदा दुईजना गम्भीर घाइते, तीन राउण्ड हवाई फायर

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । धनुषामा विद्यालयमा भवन निर्माणको विषयलाई लिएर झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयमा आइतबार झडप भएको हो । भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षीय झडपमा स्थानीय ज्ञानेन्द्र यादव र […]

सर्लाहीको एक विद्यालयमा एक युवकको शव

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय भवनको वरण्डामा आज विहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मुचुल्का […]

जेसिसद्वारा जनकपुरका युवाहरूलाई ‘वी लिड’ तालिम

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । जनकपुर जेसिसले युवाहरूका लागि ‘वी लिड’ तालिम सञ्चालन गरेको छ ।सहभागी युवाहरुलाई नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्षसमेत रहेकी जेसी रजनी थापाले तालिम प्रदान गरेकी छन् । यस किसिमको तालिमले युवाहरूको नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए । र्काक्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, […]

मधेशका युवाहरू काठमाडौंमा खोले ‘मधेश पुस्तकालय’

सामाजिक फीड-जनकपुरधाम, साउन २० गते । मधेशका युवाहरूको एक समूहले काठमाडौंमा मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको आलोकनगरमा उनीहरूले आजदेखि मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका हुन् । पुस्तकालयमा मधेश, देश र विश्व अनि विभिन्न क्रान्ति, संघर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । यसका लागि किताब र आर्थिक सहयोग […]

बोक्सी आरोपमा बर्बर यातनाबाट यसरी विस्थापित भइन् काजल, पतिसहित तीनजनाविरुद्ध जाहेरी (भिडियो)

सामाजिक फीड-जनकपुरधाम,साउन २० गते । महोत्तरीमा बोक्सी आरोपमा बर्बर यातना दिइ घर निकाला गरिएकी एक महिलाले पतिसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा शुक्रबार जाहेरी दिएकी हुन् । सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ […]

खडेरी समाधानका मधेश सरकारको गम्भीर छलफल

सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते । मधेशमा यसपटक देखा परेको सुख्खाको अभूतपूर्व समस्याबारे मधेश प्रदेशका शीर्षस्थ पदाधिकारीहरुबीच शुक्रबार गम्भीर छलफल भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी एवम् पिउने पानीको समस्या र त्यसको समाधानबारे जानकारी लिए ।मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयद्वारा […]

सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा विद्यालय संचालकसहित दुई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई. ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।महतो हाल […]

मधेश प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते । मधेश प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना बढेको छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई […]

ढल्केवरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै सिडिओलाई ज्ञापन

सामाजिक फीड-जनकपुरधाम, साउन १८ गते । धनुषाको ढल्केवरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बिहिवार ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन महतो(मगही)को नेतृत्वमा प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाइएको हो । ढल्केवरसहित धनुषाको उत्तरी भेगका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरबाट प्रदान गरिने सेवा जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित […]

साउदीमा दुवै मिर्गौला फेल भएका साफी संघसंस्थाको सहयोगमा स्वदेश फर्किए

सामाजिक फीड-जनकपुरधाम, साउन १८ गते । साउदीमा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी स्वदेश फर्किएका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल फर्काइएको हो । रोजगारीको सिलसिलामा साउदी पुगेका उनी कम्पनीमा काम गर्ने क्रममा बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा उनका दुवै […]