Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १९ गते ।

धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई. ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।
महतो हाल सबैलामा बस्छन् । उनी सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसंधान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जानकारी दिए ।

अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान गरिरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!