Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १८ गते ।

साउदीमा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी स्वदेश फर्किएका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल फर्काइएको हो ।

रोजगारीको सिलसिलामा साउदी पुगेका उनी कम्पनीमा काम गर्ने क्रममा बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा उनका दुवै मिर्गौला फेल भएको पाइएको थियो । र उनलाई जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउनुपर्ने हुन्छ । त्यसका लागि साउदीमा सम्भव नभएपछि नेपाल पठाइएको हो ।

उनलाई घर फर्किन साउदीमा रहेको नेपाली साझा मञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उक्त संस्थाकै सक्रियतामा उनको उद्धार गरी नेपाल फर्काइएको हो । उपचारका लागि विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग समेत संलकन गरिएको र मञ्चले समेत आर्थिक सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!