आन्दोलनको डरले मन्त्रीहरुको भागाभाग, हेलिकप्टरबाट सुरक्षित स्थानमा लगियो

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । आन्दोलन अनियन्त्रित भएपछि संघीय सरकारका मन्त्रीहरु तर्सिएका छन । प्रधानमन्त्री निवास सहितका विभिन्न पार्टी कार्यालय र नेताहरुको निवासमा आगजनी भएपछि उनीहरुको भागाभाग भएको छ । आफ्नो निवासमा असुरक्षित रहेको भन्दै मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मंगलबार दिउँसो उनीहरूलाई अन्य सुरक्षित स्थानमा लगिएको सुरक्षा निकायले […]
मधेशका मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिँदै

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने तयारी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले राजीनामा दिने तयारी गरेका हुन । केहीबेरपछि उनले राजीनामा दिने स्रोतले जनाएको छ । सरकार विरुद्ध प्रदर्शन गरिरहेका युवाहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित मधेश भवनका विभिन्न ठाउँमा तोडफोड एवं […]
आन्दोलनकारी पुग्नुअघि नै निवासबाट भागे देउवा

समाजिक फीड काठमाडौं, भदौ २४ गते । काठमाडौंको बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन्। मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । भित्रबाट तीन/चार राउन्ड गोलीको आवाज निस्किएको स्थानीय बासीले बताएका छन्। देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी […]
प्रधानमन्त्री ओलीको निवासतर्फ हिँडेका प्रदर्शनकारीमाथि गोली चल्यो, दुईजना घाइते

समाजिक फीड- काठमाडौं, भदौ २४ गते । प्रधामन्त्री केपी शर्मा ओलीको निवासतर्फ हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । भक्तपुरस्थित बालकोटतर्फ प्रदर्शन गर्दै हिँडेका उनीहरुमाथि गोली चलेको हो । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । Rohit Mahato
रास्वपाका सबै सांसदले राजीनामा दिँदै

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन । जेनजी आन्दोलन देशभर चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ एक सांसदले भने । सहकारी […]